एक क्विन्टल भनिएको सुन जोख्दा ६० केजी ७८९ ग्राम मात्र, गाल्दा अझै तौल घट्ने

एक क्विन्टल भनिएको सुन जोख्दा ६० केजी ७८९ ग्राम मात्र, गाल्दा अझै तौल घट्ने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद १०० किलो भनिएको सुन ब्रेक शुबाट निकालिएको छ। आज सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। 

उनका अनुसार केही कालो वस्तु मिसिएकाले त्यो पनि छुट्याउन बाँकी रहेको छ। भोलि १०ः३० बजेबाट भने सुन गाल्ने काम शुरु हुने जनाइएको छ। गाल्दा तौल अझ घट्ने बताइएको छ । 

गत साउन ३ गते उक्त सुन काठमाडौँको सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। यसअघि करिब १०० किलो सुन भनिएको थियो। पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएको थियो।