काठमाडौं । कांग्रेस सांसद सुनील शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला अदालतको दैलोमा पुगेका छन् । यद्यपि खादासमेत बोकेर गएका उनले शर्मालाई त्यहाँ स्वागत गर्न भने पाएनन् ।
जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माले सांसद शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् । आदेशपश्चात शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)तिर लगिएको छ । त्यहीबाट उनलाई रिहा गरिने छ ।
शर्मा पक्राउ भएलगत्तै पनि प्रसाईं उनलाई भेट्न हिरासत पुगेका थिए । शर्माको पक्षमा उनले अभिव्यक्ति दिइरहेका थिए ।