कांग्रेस सांसद सुनील शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

कांग्रेस सांसद सुनील शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले कांग्रेसका सांसद सुनील शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले बताए । शर्मालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराएको थियो ।

शर्मा नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा शुक्रबार बिहान काठमाडौंको गोल्फुटाबाट पक्राउ परेका थिए । शर्माको पक्राउलाई लिएर नेपाली कांग्रेस र एमालेका सांसदहरूले सरकारमाथि कडा आलोचना गरेका थिए ।