कांग्रेस सांसद् सुनील शर्मा पक्राउ, सीआईबीले लेख्यो  संसद् सचिवालयलाई यस्तो पत्र

कांग्रेस सांसद् सुनील शर्मा पक्राउ, सीआईबीले लेख्यो  संसद् सचिवालयलाई यस्तो पत्र

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

सीआईबीका एक अधिकारी आफैँ आएर सिंहदबारस्थित सचिवालयलाई पत्र बुझाएका हुन् । सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

नेपाल प्रहरी उच्च श्रोतका अनुसार डाक्टरी पढ्दा प्लस टुको नक्कली सर्टिफिकेट बनाएको आरोपमा उनलाई सिआइबीले पक्राउ गरेको हो। उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको जनाइएको छ। 

उनले केही अघि सुन तस्करी प्रकरणमा संसदमै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशरण महतको राजीनामा माग्दै अनुसन्धान गर्नुपर्ने पनि बताएका थिए। 

शर्मालाई सिआइबीले पक्राउ गरेको जानकारी दिँदै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन्।