काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्ड प्रकरणमा विगतमा संसदीय छानबिन समितिको प्रतिवेदनको कार्यान्वयन नभएको बताएका छन् ।
उनले आज प्रतिनिधिसभा बैठकमा सीआईबीलाई छानिबन दिनुको सट्टा बनाइएको संसदीय समिति निरर्थक भएको बताए । ३३ किलो सुनको एक ग्राम पनि पत्ता लगाउन नसकेको उनले बताए ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा बनेको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित सुनको अत्तोपत्तो नभएको बताए ।
“उच्चस्तरीय छानबिन समिति, संसदीय समिति पनि बनाएको हेर्यौँ हामीले सुन काण्डमा । त्यसको प्रतिवेदनको कुनै कार्यान्वयन भएन निरर्थक भयो,” उनले भने, “तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीको पालामा एउटा छानबिन समिति बनेको थियो । त्यो, छानबिन समितिको रिपोर्टमा के छ भने ७०–७४ सम्म ७ हजार ९ सय ९९ किलो सुन नेपाल भित्रियो । तर, त्यसको कुनै अत्तोपत्तो लागेन,” उनले भने ।
उनले ३३ किलो सुनमा १ तोला पनि पत्ता नलागेको उनको आरोप थियो ।