मनकामना अस्पतालमा ३ महिने गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल घेराउ

मनकामना अस्पतालमा ३ महिने गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल घेराउ

काठमाडौं । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा ३ महिने गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो । रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ । महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए ।

अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पीडित परिवारको आरोप छ । मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् । अहिले छलफल सुरु गर्न लागिएको छ । अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।