सुन काण्डको जिम्मा किन दिइयो सीआईबीलाई ? यस्तो छ प्रधानमन्त्रीको तर्क

सुन काण्डको जिम्मा किन दिइयो सीआईबीलाई ? यस्तो छ प्रधानमन्त्रीको तर्क

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको बताएका छन् । 

शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराधजस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको र यो अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको बताए ।

उनले अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण र छानबिनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने पनि बताए । अनुसन्धानको प्रक्रियामा जोसुकै आए पनि अगाडी बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आएपनि अनुसन्धान अघि बढाइने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण दोषी कोहिलाई पनि नछाड्ने र निर्दोष कोहिपनि नपरून् भन्नेमा सचेत रहेको उल्लेख गरे ।