२०८० साउन १७ गते बुधवारको राशिफल

२०८० साउन १७ गते बुधवारको राशिफल

आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण पनि हुनसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ । वैदेशिक कार्य पनि अघि बढ्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनमा उत्साहको कमी देखिनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला, तर मान्यजनको आशीर्वादले काम गर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ र खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल