भुटानी शरणानार्थी प्रकरण : जिल्ला अदालतको आदेशविरुद्ध उच्च पुगे प्रतिवादीहरु

भुटानी शरणानार्थी प्रकरण : जिल्ला अदालतको आदेशविरुद्ध उच्च पुगे प्रतिवादीहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् । उच्च अदालत पाटनमा उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गरेका छन् । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको आरोप छ । 

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि पुनरावेदन गरेका छन् । यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो । शरणनार्थी प्रकरणमा केही समय अघि १ सय भन्दा बढी पीडितलले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए ।