प्रतिनिधिसभा बैठक बस्दै, एमालेको यस्तो रणनीति

प्रतिनिधिसभा बैठक बस्दै, एमालेको यस्तो रणनीति

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद् भवनमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले आज गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्ट पार्न दिने संकेत गरेको छ ।

आन्तरिक छलफलमा रहेको एमालेले आफ्नो कुरा राखेर मन्त्रीलाई बोल्न समय दिने रणनीतिमा छ । 'आफ्नो कुरा राख्छौँ । त्यसपछि उहाँहरूले स्पष्ट पार्नुहोला । थप के गर्ने भनेर निर्णय गर्छौ,' सचेतक महेश बर्तौलाले भने ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभामा एमालेले अवरोध गरेपछि स्थगित गरिएको थियो ।