आज ३ प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना, यस्तो छ बाढीको जोखिम

आज ३ प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना, यस्तो छ बाढीको जोखिम

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आन्शिक देखि सामान्य बदली रही  गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर आन्शिक देखि सामान्य बदली  रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै आज राती देशभर आंशिक देखी सामान्य बदली  रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ । मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको   कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।