राष्ट्रिय बीमा कम्पनीले माग्यो ३४ कर्मचारी, कुन पदमा कति?

राष्ट्रिय बीमा कम्पनीले माग्यो ३४ कर्मचारी, कुन पदमा कति?

काठमाडौँ : सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले प्राविधिकदेखि व्यवस्थापकसम्म गरी ३४ स्थायी कर्मचारी माग गरेको छ । लोक सेवा आयोगको परामर्शमा हुने परीक्षामा खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ ।

कम्पनीले सबैभन्दा बढी सहायक तहका कर्मचारी माग गरेको छ ।

कम्पनीले ७औँ तहको नायव व्यवस्थापकमा २ जना कर्मचारी माग गरेको छ । यस्तै, सहायक व्यवस्थापक तह ६ मा ९ जना कर्मचारी माग गरेको छ।
योग्यता पुगेका उम्मेदवारले मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरमा मंसिर १९ सम्मको समय तोकिएको छ ।

हेर्नुस् विज्ञापन