नक्कली सुन प्रकरण : विमानस्थल भन्सारका कर्मचारी र एजेन्ट गरी ६ जना पक्राउ

नक्कली सुन प्रकरण : विमानस्थल भन्सारका कर्मचारी र एजेन्ट गरी ६ जना पक्राउ

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा ६ जनालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेका छ । विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना एजेन्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् भने भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली पक्राउ परेका स्रोतले जानकारी दियो ।

राजश्व अनुसन्धान विभागले नक्कली सुन प्रकरणमा अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।