जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन भारत प्रस्थान गरे अर्थमन्त्री महत

जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन भारत प्रस्थान गरे अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । आइतबार बिहान जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान गरेका हुन् । सचिवालयका अनुसार अर्थमन्त्री महतको साथमा वैदेशिक मामिला हेर्न सहसचिव श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे रहेका छन् । अर्थमन्त्री महत बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।

सोमबार र मंगलबार भारतको गुजरातमा जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठक हुने छ । यसमा विभिन्न देशका अर्थमन्त्री तथा गर्भनरसहितको सहभागिता रहनेछ ।

आउँदो सेप्टेम्बरमा भारतले जी ट्वेन्टी शिखर सम्मेलन गर्दै छ । त्यसका तयारीका लागि यो बैठक हुन लागेको छ ।