वाग्मती प्रदेश डेंगूको उच्च जोखिममा : झारा टार्दै प्रदेश सरकार, नियन्त्रणको छैन ठोस योजना

वाग्मती प्रदेश डेंगूको उच्च जोखिममा : झारा टार्दै प्रदेश सरकार, नियन्त्रणको छैन ठोस योजना

काठमाडौं । बागमती पद्रेशमा यस वर्षमा पनि डेंगु सङ्क्रमणको जोखिम उच्च देखिएको छ । प्रदेशको स्वास्थय मन्त्रालयका अनुसार गत जेठ ३० गते सम्म ४२ हजार जना भन्दा बढी व्यक्ति डेंगू पुष्टी भएको छ । संक्रमणको योदरलाई स्वास्थ्य क्षेत्रका जानकाहरुले समेत निकै उच्च रहेको दावी गरेका छन् । वैशाख महिनाको मध्यसमयसम्म २७ जनामा मात्र डेंगू संक्रमण भएको बेला जेठ सम्म ९० जना संक्रमित थपिएका थिए । पछिल्लो एक महिना प्रदेशका अधिकांश जिल्लामा डेंगु संक्रमण वृद्धि भएको देखिन्छ । प्रदेशको २ जिल्ला बाहेक सबैै जिल्लामा डेंगुका विरामी फेला पर्ने गरेका छन् । प्रायजसो अस्तालमा डेंगूका बिरामी भेटिएको छ । 

नागरिक जोखिममा,मन्त्रालयसँग छैन डेंगू नियन्त्रणको उपाय र योजना 
बढ्दो जोखिमलाई नियन्त्रण गर्न साताको एक दिन सरसफाई र केही जनचेतनामूलक सन्देश प्रवाहका कार्यक्रम बाहेक मन्त्रालयसंग अन्य कुनै पनि कार्यक्रम छैन । जबकि प्रदेशका रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगुका विरामी फेला परिसकेका छन् । 

४ जिल्ला डेंगु संक्रमणको उच्च जोखिममा
डेंगुको बढ्दो दरलाई मध्यनजार गर्दै मन्त्रालयले किटजन्य रोग अनुसन्धान केन्द्र हेटौंडालाई आग्रह गरी अनुसन्धानसमेत गरेको छ । उक्त अनुसन्धानबाट प्रदेशका ५ वटा जिल्लामा डेंगुको उच्च जोखिम रहेको प्रतिवेदन मन्त्रालयलाई उपलब्ध गराइएको छ । सो प्रतिवेदनमा प्रदेशको मकवानपुर, काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा डेंगु संक्रमणको उच्च जोखिम रहेको उल्लेख छ ।

लामखुट्टेको स्रोतमा नै रोकथाम गर्ने तयारी गरिएको आश्वासन
डेंगु नियन्त्रणका लागि मन्त्रालयले संक्रमण फैलिन नदिन लामखुट्टेको स्रोतमा नै रोकथाम गर्ने तयारी गरेको सूचना अधिकारी भुषालले बताए । डेंगु रोगको संक्रमण फैलाउने लामखुट्टे जमेको पानीहरुमा पाइने भएकाले सरसफाई नै नियन्त्रणको उत्तम उपाय भएकाले जिल्लास्थित स्वास्थ्य कार्यालयबाट साताको एक दिन १० मिनेट सरसफाइको कार्यक्रम सञ्चालन भैरहेको उनले बताए ।