ओलीले भने, ‘मैले नै प्रचण्डको अस्तित्व जोगाइदिए, अब जनताले उनलाई पत्तासाफ बनाउने छन्'

ओलीले भने, ‘मैले नै प्रचण्डको अस्तित्व जोगाइदिए, अब जनताले उनलाई पत्तासाफ बनाउने छन्'

वीरगञ्ज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्तासाफ हुनबाट आफूले जोगाएको दाबी गरेका छन् । आफूले साथ नदिएको भए प्रचण्डको अस्तित्व उहिल्यै सकिने उनले दावी गरे । 

पर्साको जगरनाथपुरमा आयोजित एमालेको  पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिला प्रचण्डले अस्तित्व आफूले जोगाईदिएपनि अब निर्वाचनमा भने जनताले नै उनलाई पत्तासफा बनाईदिने दावी गरे । 

गठबन्धन सरकार अहिलेसम्म भागबन्डामै अलपत्र परेको भन्दै उनले भने, ‘जहाँ हे¥यो त्यही अलपत्र छ, सरकार भागवण्डमै व्यस्त ।’ उनले थपे, ‘आउँदो निर्वाचनमा जनताले कांग्रेस–माओवादी पत्तासाफ बनाउनेछन् ।’  अदालतले गठन गरेको सरकारले देश चलाउन नसकेको आरोप ओलीले लगाए । 

नेकपा एमालेलाई जनताले विश्वास गरेको, सोही अनुरुप विकास निर्माणका कामहरु पनि गरेको तर पार्टीभित्रैका केहीलाई भने एमालेको सरकार र विकास क्रम मन नपरेकाले पार्टीमा षडयन्त्र गरेको जिकिर गरे । उनले प्रचण्ड र माधव नेपालका कारण देश रसातलमा पुग्न लागेको आरोप लगाए ।

उनले एमाले नेतृत्वको सरकारले मुलुकबाट गरिबी हटाएको, बालबालिकालाई निःशुल्क पाठयपुस्तक उपलब्ध गराएको, वृद्धा भत्ता बढाएको दाबी गरे । 
अध्यक्ष ओलीले आगामी निर्वाचनमा नेकपा एमालेलाई विश्वास गर्न आग्रह गरे । 

मञ्चमा आउनासाथ ओलीलाई १५० किलोको माला पहि¥याइएको थियो ।