सभामुखलाई ओलीको चेतावनी : एमालेलाई धम्की दिए परिणाम व्यहोर्नुपर्ला

सभामुखलाई ओलीको चेतावनी : एमालेलाई धम्की दिए परिणाम व्यहोर्नुपर्ला

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सापकोटालाई धम्की आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका छन् । संसदीय दलको बैठकमा बोल्दै मंगलबार अध्यक्ष ओलीले सभामुखलाई यस्तो चेतावनी दिएका हुन् । 

आफ्नो पार्टीका सांसदहरुले संसदमा विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति ओलीले आपत्ति जनाएका हुन् । उनले एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुने समेत चेतावनी दिए । धम्कीको जमाना गएको भन्दै उनले नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न टिप्पणी गरे । 

उनले भने, ‘निकाल्छु, कारबाही गर्छु, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु ।’ उनले भने, आवेग उत्तेजनामा आए नराम्रो परिणाम भोग्नुपर्ला । त्यसता भाषा नबोल्न पनि उनले सभामुखलाई सचेत गराएका छन् ।