घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा दिए उम्मेदवारी

घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा दिए उम्मेदवारी

चितवन । नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् । 

नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् । एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् । 

कोरोना संक्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन् ।