एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी

चितवन । चितवनमा जारी एमाले १०औं महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ। यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरे पनि भीम रावललगायत नेता असहमत भएकाले निर्वाचन हुन लागेको हो।

बिहान ८ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता कार्यक्रममा हालसम्म भीम रावलले अध्यक्षमा, युवराज ज्ञवालीले उपाध्यक्ष र प्रदीप ज्ञवालीले सचिवमा उम्मेदवारी दर्ता गरिसकेको निर्वाचन समितिले जनाएको छ। अन्यले पनि उम्मेदवारी दिने क्रम जारी रहेको समितिका अध्यक्ष विजय सुब्बाले बताए।

बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई फारम वितरण गरिनेछ भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

बिहान ११:५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ। बिहान १२:५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुने कार्यथतालिका रहेको छ ।