एमाले महासचिवमा पौडेल कि पोखरेल ? यस्तो छ ओलीको तयारी

एमाले महासचिवमा पौडेल कि पोखरेल ? यस्तो छ ओलीको तयारी

सौराह ।  नेकपा एमालेको भावी महासचिवमा नेता विष्णु पौडेलको पल्ला भारी देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत चाहना महासचिवमा शंकर पोखरेललाई ल्याउने भए पनि माहोल भने पौडेलको पक्षमा देखिएको हो।

महाधिवेशन प्रतिनिधि तथा आफू निकट नेताको सुझावका आधारमा ओलीले पौडेललाई महासचिव बनाउने मनसाय गरेको स्रोतले बताएको छ। ओलीले आइतबार बिहान महासचिवमा दाबी गरेका नेता पौडेल र पोखरेलसँग छलफल गरी आपसमा सहमति गरेर आउन भनेका छन्।

तर अध्यक्ष ओलीको व्यवहारलाई लिएर पोखरेल चिढिएको उनी निकट नेताले बताएका छन्। यता ओली बसेको होटलको तल कार्यकर्ताहरुसँग रहेका नेता पौडेल शान्त मुद्रामा छन्। आज ओलीले पदाधिकारीको नाम सुनाउने तयारीमा छन् ।