एमाले आज ‘सर्वसम्मत’ नयाँ नेतृत्वको घोषणा गरिने, को कसलाई छान्लान् ओलीले ?

एमाले आज ‘सर्वसम्मत’ नयाँ नेतृत्वको घोषणा गरिने, को कसलाई छान्लान् ओलीले ?

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व आज सर्वसम्मतीबाट घोषणा गरिने भएको छ। महाधिवेशन बन्दसत्रको ‘सिंगो हल’ले सम्पूर्ण अधिकार केपी ओलीलाई सुम्पिइसकेकाले आज उनले एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

‘सूची तयार भइसकेको छ’, कार्यालय सचिव तामाङले भने, ‘त्यो सूची आजको बन्दसत्रमा अध्यक्ष कमरेड केपी ओलीले सार्वजनिक गर्नुहुन्छ।’

अध्यक्ष पदमा उम्मेदवारी दिने अडानमा रहेका भीम रावललाई हलबाट हात उठाएर प्रतिष्पर्धाबाट हटाउने तयारी छ । आजको बन्दसत्र मध्याह्न १२ बजे सुरु हुने कार्यालय सचिव तामाङले जानकारी दिए। 

ओलीको अध्यक्षतामा एमालेको नयाँ पदाधिकारीको सूची पूरै तयार भइसकेको जानकारी दिएका तामाङले त्यो अहिले खुलाउन भने नमिल्ने बताए।