भीम रावल पछि नहटेपछि हलमा हात उठाउन लगाएर मत परीक्षण गर्ने तयारी

भीम रावल पछि नहटेपछि हलमा हात उठाउन लगाएर मत परीक्षण गर्ने तयारी

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलले पछि नहटे हलमा हात उठाउन लगाएर मत परीक्षणको विधि अपनाइने भएको छ । मतदान नै गराउनुभन्दा हात उठाउने विधिबाट समेत मत परीक्षण हुने भएकाले हलमै खुलारूपमै रावल पक्षको मत परीक्षण गरिने अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतले जानकारी दिएको छ ।

हलमा रावलको पक्षमा कमजोर मत देखाएर अध्यक्ष ओलीले प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई अनुमोदन गराइने भएको छ ।

शनिबारको बन्दसत्रबाट पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । तर यसमा भीम रावलले आपत्ति जनाएका छन् ।