एमाले महाधिवेशन : आजबाट बन्दसत्र, निर्वाचनका लागि बन्यो यस्तो आचारसंहिता

एमाले महाधिवेशन : आजबाट बन्दसत्र, निर्वाचनका लागि बन्यो यस्तो आचारसंहिता

काठमाडाैं । नेकपा एमालेको निर्वाचन समितिले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । नेताहरूले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिएको हो ।

यस्तै निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको बताए । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरू समेटिएको उनले बताए । 

आजै सौराहास्थित होटल सेभेन स्टारमा एमाले बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ भने नेताहरूले सहमतिमै नेतृत्व चयन हुने दाबी गर्दै आएपछि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । सोही कारण सहमति र निर्वाचन प्रक्रियासँग सम्बन्धित काम सँगसँगै अघि बढेको छ ।