एमाले सचिवमा एक दर्जन नेता आकांक्षी

एमाले सचिवमा एक दर्जन नेता आकांक्षी

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्न थालेका छन् । एमालेको १७ सदस्यीय पदाधिकारीमा सात सचिवको व्यवस्था गरिएको छ ।

एमालेको प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले सचिव पदमा नै दोहोरिने तयारी गरेका छन् । अहिलेसम्म छलफल नभएको र त्यसपछि मात्रै आफू के गर्ने भन्ने निश्चित हुने उनको भनाइ छ ।

सचिव पदका लागि महेश बस्नेत, गोकुल बास्कोटा, शेरबहादुर तामाङलगायत एक दर्जन नेताहरूले आकांक्षा व्यक्त गरिसकेका छन् ।