बारको आन्दोलन विरुद्ध अर्काे आन्दोलन

बारको आन्दोलन विरुद्ध अर्काे आन्दोलन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्र्दै आएको नेपाल बार प्रधानन्यायाधीशका विरुद्ध अर्काे आन्दोलन सुरु भएको छ ।

नेपाल बारको आन्दोलका कारण आम जनताले न्याय सम्पादनमा बाधा भोग्नुपरेको भन्दै स्वतन्त्र कानून व्यवसायीहरु अर्काे आन्दोलन सुरु गरेका छन् । जबराका विरुद्ध बारको आन्दोलन गलत नियत र उद्देश्य राखेर स्वतन्त्र कानून व्यवसायीहरुको धारणा छ । 

स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले बारको आन्दोलनको विरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । 

‘कानूनी सर्वोच्चता कायम गर !’, ’स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना !’, ’विधिको शासन कायम गर !’, ’दबावको शासन अन्त्य गर !’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले बारको आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन् ।

अदालतमा बारमा आवद्ध र दलीय संलग्नता भएका वकिलहरुबारे स्वतन्त्र र बरिष्ठ अधिवक्ताहरुले भने बहस÷पैरवी थालिसकेका छन् । हाल अदालतमा सबै प्रकृतिका मुद्दाहरुको सुनुवाई हुन थालेको छ । न्यायाधीशहरु इजलासमा फर्किन थालेका छन् । 

यता बारले भने न्यायिक विवाद समाधानका लागि राजनीतिक दललाई गुहार्न पुगेका छन् ।