बुद्धिजीवी परिषदले आज राजनीतिक बहस गर्दै, प्रमुख वक्ता ओली

बुद्धिजीवी परिषदले आज राजनीतिक बहस गर्दै, प्रमुख वक्ता ओली

काठमाडौं । पार्टीको दशौं महाधिवेशनका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपाल बुद्धिजीवी परिषदले आयोजना गर्ने राजनीतिक बहस तथा दिशानिर्देश कार्यक्रममा सहभागी हुने भएका छन्। 

मध्यान्ह १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्ष ओली प्रमुख वक्ताको रुपमा सहभागी हुने परिषदका महासचिव गजेन्द्र थपलियाले जानकारी दिए। 

कार्यक्रममा स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, शंकर पोखरेल परिषदका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य टंक कार्की पनि वक्ताको रुपमा रहनेछन्।