महाधिवेशनको मुखमा ओलीले बोलाए स्थायी कमिटी बैठक

महाधिवेशनको मुखमा ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडाैं । महाधिवेशनको मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । आज सोमबार बैठक बस्दैछ। बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न ​कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ। आजको बैठकले मनोनयनका लागि नाम प्रस्ताव गर्ने र अर्को बैठकले मनोनयन टुंग्याउने छ।

एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था छ। जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने छ। साथै बैठकमा भीम रावलले अध्यक्ष पदमा घोषणा गरेको उम्मेदवारीका विषयमा पनि छलफल हुनेछ ।