माओवादीलाई सिध्याउन खोजिँदै छ : प्रचण्ड

माओवादीलाई सिध्याउन खोजिँदै छ : प्रचण्ड

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सिध्याउन खोजिँदै गरेको दाबी गरेका छन् । 
रौतहटको कटहरियामा शनिवार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले हिजो पनि एक किसिमका शक्तिहरु माओवादी सिद्धाउन लागिपरेको भन्दै गलत हल्ला फैलाएको तर उनीहरु सफल नभएको बताए । अहिले पनि त्यस्तै शक्तिहरु माओवादी सिद्धाउन लागिपरेको दावी गरे ।

उनले भने, ‘माओवादी सिद्धाउन एकाथरी शक्तिहरु लागिपरेका छन्, तर जनताको अगाडि तिनको केही लाग्दैन ।’ उनले थपे, ‘हिजो माओवादी र नेतृत्वको हिसाबले प्रचण्डमाथि अनेक हल्लाहरू फिँजाइए । माओवादीले संघीयता छोड्यो भयो । तर,यथार्थमा त्यो थिएन । यो आज पुष्टि भयो ।’

सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका खलनायक भएको आरोप लगाएका छन् । उनले केपी ओली गणतन्त्र विरोधी, लोकतान्त्रिक व्यवस्थालाई नसुहाउने नेता भएको भन्दै जनताले चुनेको पठाएको नेताहरूको सार्वभौम संसद् पटक पटक विघटन गरेको बताए ।