मन्त्रीहरुलाई भ्रष्टाचार मुक्त हुन अध्यक्ष नेपालको निर्देशन

मन्त्रीहरुलाई भ्रष्टाचार मुक्त हुन अध्यक्ष नेपालको निर्देशन

भक्तापुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको बताएका छन् । 

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालले मध्यपुर बोडेमा गरेको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले कुनै गलत काम गरे कानुनी कारवाही गर्ने चेतावनी दिँदै भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको बताए । 
उनले सरकारमा रहेका आफ्ना मन्त्रीहरुले कुनै गलत काम गरे फिर्ता बोलाइनेसम्मको चेतावनी दिएको जानकारी दिए । शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी नागरिकको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए । 

फरक प्रशंगमा अध्यक्ष नेपालले नेकपा एमालेमा सच्चा कम्युनिष्टलाई ढोका बन्द गरेपछि बाध्य भएर विद्रोह गरी बाहिर आउनुपरेको बताए । नेपालले संविधान रक्षाका निम्ति विद्रोहको राँको बालेर अगाडि बढेको भन्दै अब जनताको चाहना पूरा देश दौडाहामा लागेको बताए ।