कांग्रेस क्षेत्रीय अधिवेशन: काठमाडौंमा प्रकाशमान हाबी

कांग्रेस क्षेत्रीय अधिवेशन: काठमाडौंमा प्रकाशमान हाबी

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत शुक्रबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनको काठमाडौं जिल्लाको नजिता प्रकाशित भएको छ। शुक्रबार अधिवेशन भएका प्रदेश सभाका १८ क्षेत्रमध्ये १६ ठाउँमा नेता प्रकाशमान सिंह निकट नेताहरु सभापतिमा निर्वाचित भएका छन्।  

काठमाडौं जिल्ला २० वटा प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गत १८ वटामा शुक्रबार अधिवेशन भएको थियो। काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र (ख)मा आज  अधिवेशन हुने जनाइएको छ। 

शुक्रबार अधिवेशन भएकामध्ये ७ वटा क्षेत्रमा सर्वसम्मत र ११ वटामा निर्वाचनमार्फत सभापति चयन भएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ को (ख)मा रामप्रसाद भण्डारी, ६ को (क) ख्याम राज तिवारी, ७ को (क) मा नवीन मानन्धर, ९ को (ख)मा राजेन्द्र भट्टराई, १० को (क)मा शैलेश मानन्धर तथा (ख) मा धर्मानन्द श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।   

काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा ध्रुव केसी र (ख)मा उद्धव खड्का, क्षेत्र नम्बर ३ को (क)मा श्रीराम चालिसे र (ख)मा विमल ठकुरी निर्वाचित भएका छन्।   

यस्तै, क्षेत्र नम्बर ४ को ९क०मा विमल हाडा, क्षेत्र नम्बर ५ को (क)मा दिनेश ड8+गोल र (ख)मा राजु खड्का, क्षेत्र नम्बर ६ को (ख)मा विश्रुभक्त तिमिल्सिना, क्षेत्र नम्बर ७ (ख)मा वासुदेव लामा, क्षेत्र नम्बर ८ को (ख)मा शिव खनाल र क्षेत्र नम्बर ९ को (क) मा मोहन बहादुर बस्नेत विजयी भएका छन्। 

क्षेत्र नम्बर ३ को (ख)मा निर्वाचित विमल ठकुरी र ६ को (ख)मा निर्वाचित विश्नुभक्त तिमिल्सिना बाहेक अन्य सबै प्रदेश सभा क्षेत्रको सभापतिमा निर्वाचित भएकाहरू नेता प्रकाशमान सिंह निकट हुन्। 

क्षेत्र नम्बर ३ को (ख)मा निर्वाचित ठकुरी सभापति शेरबहादुर देउवा निकट हुन भने क्षेत्र नम्बर ६ को (ख) मा निर्वाचित तिमिल्सिना नेता भिमसेनदास प्रधान निकट हुन्।