प्रेस सेन्टर सर्लाहीको अध्यक्षमा पहाडी

प्रेस सेन्टर सर्लाहीको अध्यक्षमा पहाडी

सर्लाही । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा शंखर पहाडी ‘गौरव’ चयन भएका छन् । शुक्रबार सर्लाहीको बागमतीमा भएको प्रेस सेन्टर नेपाल सर्लाहीको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा गौरवलाई सर्वसम्मत चयन गरिएको हो भने उनकै नेतृत्वमा २५ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ ।

संगठनको खुल्ला उपाध्यक्षमा शर्मिला रमौली, समावेशी उपाध्यक्षमा राजेश थापा, सचिवमा रमेश अधिकारी (रितिक), सहसचिवमा राधेश्याम कुशवाह, समावेशी सहसचिवमा विनु जिम्वा र कोषाध्यक्षमा दुर्गा कुमारी अधिकारीलाई सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा निकिता आस्थानी मगर, तिलक कार्की, स्वस्तीका दाहाल, गणेश खड्का, राजेश थापा, विमल नगरकोटी (अभिषेक), ज्योति लामा, घनश्याम बलम्पाकी, चन्द्र जिम्वा, रामनारायण साह, रोहित पटेल, मोहन नेपाल, असोज यादव, सरोज यादव, जितेन्द्र कुशवाह, हरि निरौला र मुशेक मिश्रलाई चयन भएका हुन् ।