बाबा रामदेवको टेलिभिजन उद्घाटन कार्यक्रममा नेपाली नेताहरुको लर्काे

बाबा रामदेवको टेलिभिजन उद्घाटन कार्यक्रममा नेपाली नेताहरुको लर्काे

काठमाडौं । भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् ।

रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो । 

शुक्रबार एक भव्य समारोहबीच प्रधानमन्त्री शेर बहादुर देउवाले सो टेलिभिजनको उद्घाटन गरेका हुन् । 

राजधानीको मन्डिखाटारस्थित आयोजित समारोहमा प्रधानमन्त्री देउवादेखि माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका नेतागणहरुको बाक्लो उपस्थिती  रहेको थियो ।

 नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।