काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो

काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो

काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महशुस भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको हो । यो तापक्रम यो बर्षकै कम तापक्रम हो । 

यसअघि मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । 

काठमाडौं उपत्यकामा अत्याधिक चिसो बढेसँगै विभागले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो बढ्दै गएको महाशाखाले जनाएको छ ।