काठमाडौं । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई नेतृत्व चयनका लागि महाधिवेशनमा जुटेका छन् । एमालेले मंसिर १०–१२ चितवनमा र काँग्रेसले मंसिर २४–२६ काठमाडौंमा महाधिवेशन गर्दैछ भने माओवादी केन्द्रले चाहिँ पुस ११–१३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल अधिवेशन गर्नुले पार्टीलाई नयाँ ऊर्जा दिने बताउँछन् । तर, नेतृत्व चयन गर्दैगर्दा राजनीतिक दलले आफूले अँगालेको विचारबारे खुला रुपमा बहस तथा छलफल गर्न भने छाडेको उनले बताए ।
यद्दपी अहिले दलहरुको तयारी हेर्दा नीतिमा कुनै बदलाव आउने देखिँदैन । नेतृत्वमा पनि पुरानै नेताहरु हाबी हुने प्रष्ट भएको छ ।