न्यायालय विवादबारे पाँच दलीय गठबन्धन समन्वय समितिले मुख खोल्योः यथाशीघ्र निकास खोजिनुपर्छ

न्यायालय विवादबारे पाँच दलीय गठबन्धन समन्वय समितिले मुख खोल्योः यथाशीघ्र निकास खोजिनुपर्छ

काठमाडौं । सत्ता साझेदार पाँचदलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतको विवादबारे मुख खोलेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले न्यायालयमा देखिएको विवाद यथाशिघ्र निकास खोजिनुपर्ने जनाएको छ ।

सर्वाेच्चमा देखिएको समस्या र गतिरोधप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास दिनुपर्नेमा जोड दिएको छ । 

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय पनि गरेको छ ।