काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चर्काउँदै आएका सर्वोच्च अदालतका ८ न्यायाधीश इजलास फर्किएका छन् ।
प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसन र सर्वोच्च बारको नेतृत्वमा भइरहेका आन्दोलनमा सहभागि भएका उनीहरु मंगलबार भने इजलास फर्किएका हुन । न्यायाधीशहरूकाे इजलास बहिष्कारले विगत तीन सातायता मुद्धाको सुनुवाइमा प्रभावित हुँदै आएकोमा आज भने आन्दोलनरत ८ न्यायाधीशहरु नै इजलास फर्किएका हुन ।
इजलास फर्किने न्यायाधीशहरुमा मीरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, कुमार चुडाल, तेजबहादुर केसी र कुमार रेग्गी लगायत छन ।
उनीहरुले मुद्दाको सुनुवाइ थालेका छन् । प्रधानन्यायाधीश जबराले उनीहरुको इजलासमा सबै प्रकृतिका मुद्दाको पेशी तोकेका छन् ।