विद्यार्थीले गरे विद्यालयमा तोडफोड र आगजनी

विद्यार्थीले गरे विद्यालयमा तोडफोड र आगजनी

रौतहट । जिल्ला सदरमुकाम गौरको एक विद्यालयमा शुल्क उठाएको आरोपमा विद्यार्थीले नै तोडफोड तथा आगजनी गरेका छन् । जुद्ध उच्च माविका विद्यार्थीले विद्यालयमा तोडफोड गरेका हुन् ।

 विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीलाई निःशुल्क र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीसँग मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क लिने गरेको भन्दै विद्यार्थी आक्रोशित बनेका हुन् । विद्यार्थीले विद्यालयमा रहेका खानेपानीका ट्याङ्की पनि तोडफोड गरेका छन् ।

गौर नगरपालिका कार्यालयले समेत कुनै पनि बहानामा शुल्क नउठाउन पत्राचार गरे पनि विद्यालयले भने अटेर गरेको आरोप छ ।