चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्ने हो : देउवा

चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्ने हो : देउवा

काठमाडाैं । नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन्। 'आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,' आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने।

चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए। प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पारे। देउवानिवास बूढानीलकण्ठमा जारी बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिएका हुन्। 

गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र  गठन गरेको थियो। जसको कांग्रेसका नेताहरूले विरोध जनाउँदै आएका थिए।