माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक आज भर्चुअल रूपमा बस्न लागेको हो। अधिकांश नेताहरू उपत्यका बाहिर भएकाले साँझ ६ बजे बैठक बस्ने तयारी गरिएको बताइएको छ। बैठकमा आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए।

राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेलनका विषयमा समेत छलफल हुने उनले बताए।

बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने बताइएको छ। पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ।