महाधिवेशन लक्षित रणनीति तय गर्न पौडेल समूहको बैठक बस्दै

महाधिवेशन लक्षित रणनीति तय गर्न पौडेल समूहको बैठक बस्दै

काठमाडौं । तीन महिनापछि बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । नेता पौडेलले  आज दिउँसो २ बजेका लागि आफू निकट केन्द्रीय नेताहरूलाई काठमाडौंको दियालो फुडल्यान्डमा बोलाएका छन् । 

बैठकमा महाधिवेशन लक्षित रणनीतिको विषयमा छलफल हुनेछ । पौडेल निकट नेता बलबहादुर केसीका अनुसार बैठकले पार्र्टीको आसन्न पदाधीकारी र पूर्व पदाधीकारी तथा केन्द्रीय कार्यसमिति बैठकका लागि समूहको रणनीति तर्जुमा गर्नेछ । 

पार्टीले कात्तिक २७ गतेका लागि पदाधिकारी र पूर्व पदाधीकारीहरूको बैठक बोलाएको छ । तीन महिनापछि कात्तिक २८ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकमा कात्तिक २७ बाट हुने १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको वडा अधिवेशनको विषयमा रणनीतिक छलफल गर्ने समूहको योजना छ ।