एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

शुक्रबार बस्ने स्थायी कमिटीको आठौं बैठकले २७२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरू अनुमोदन गर्ने उनले बताए।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ। शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।