मदिराको विज्ञापन तत्काल हटाउन बोर्डकाे निर्देशन

मदिराको विज्ञापन तत्काल हटाउन बोर्डकाे निर्देशन

काठमाडौं । विज्ञापन बोर्डले मदिराका कम्पनीहरुको विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । निर्देशनको पालना नगरे कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो । चाडबाडको समयमा केही पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको तथा मुलुकका केही भागहरुमा ठूलठूला होर्डिङ बोर्डहरुमा समेत त्यस्तो विज्ञापनहरु पाइएकाले तत्काल हटाउन निर्देशन दिएको हो ।

मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन प्रशारण जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन नियमन गर्ने ऐन, २०७६ विपरीत भएकोले त्यस्ता विज्ञापन तत्काल रोक्न चेतावनी समेत दिएको छ ।