पेट्रोलियम पदार्थको मूल्य वृद्धिको चौतर्फी विरोध, प्रधानमन्त्रीको पुत्ला जलाइयो

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको चौतर्फी विरोध, प्रधानमन्त्रीको पुत्ला जलाइयो

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी विरोध भएको छ । बुधबार रातिबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा समेत मूल्य बढाएको हो ।

निगमले १२ दिनको अन्तरालमा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको चौतर्फी विरोध भइरहेको छ । दुई हप्तामा दुई पटकसम्म मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दौ सामाजिक सञ्जाललगायत चौतर्फी विरोध भइरहेको छ । 

मूल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले ३० गते नेपाल बन्दको घोषणा गरिसकेको छ भने २५ गते दिउँसोदेखि नै आन्दोलन सुरु गरिसकेको छ । 

प्रमुख प्रतीपक्षि दल नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि बिद्यार्थीहरूले प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।

‘मूल्यवृद्धि फिर्ता ले, परामादेश सरकार राजीनामा दे’ लगाएतका नारा लगायतका थिए ।  उता सिन्धुलीमा पनि एमाले आवद्ध अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहल गरेका छन् । मूल्य वृद्धिको बिरोधमा उनीहरुले प्रधानमन्त्रीको पुत्ला दहल गरी सिन्धुलीको विपि राजमार्ग नै जाम गरेका थिए । विद्यार्थीको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । 

यता माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु,जसपा निकट समाजवादी विद्यार्थी संघ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी, र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले सँयुक्तले विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

उनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ता नलिए आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेधलगायत खाली सिलिन्डर प्रदर्शन, देशभरका निगमको कार्यालयमा कालो व्यानर राखी प्रदर्शन गर्ने लगायतका कार्यक्रमको घोषणा गरेको छ । 

निगमले पछिल्लाे पटक पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई ईन्धनमा ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गरेको हो ।