आन्दोलनमा हस्तक्षेप गर्ने प्रहरीलाई मानव अधिकार आयोगमा थुन्ने कानुन व्यवसायीकाे चेतावनी

आन्दोलनमा हस्तक्षेप गर्ने प्रहरीलाई मानव अधिकार आयोगमा थुन्ने कानुन व्यवसायीकाे चेतावनी

काठमाडौं । आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले आन्दोलन जारी राखे । जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले आज सर्वाेच्चको गेटभित्रै धर्ना दिन पुगेका थिए ।

उनीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, प्रहरी हस्तक्षेप बन्द गर, भन्दै नारावाजी गरिरहेका बेला प्रहरीले हटाउने प्रयास गरेको थियो । त्यसपछि प्रहरी र कानुन व्यवसायीहरुबीच बिहीबार दिउँसो सर्वोच्च अदालत परिसरमा केहीबेर घम्साघम्सी भएको थियो । केही वकिलहरु घाइते भएको प्रहरीले जनाएको छ । 

आफूहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि आक्रोशित बनेका कानुन व्यवसायीहरुले प्रहरीलाई हस्तक्षेप नगर्न चुनौती दिँदै अन्यथा  मानवअधिकार आयोगमा थुनिदिने धम्कीसमेत दिएका थिए ।

भीडबाट एक जना वकिलको आवाज आएको प्रष्टै सुनिन्थ्यो, ‘ए ! भाइ कसलाई धकेलेको, मानवअधिकार आयोगमा गएर अहिल्यै थुनिदिन्छु।’ उनले औँला ठड्याउँदै प्रहरीलाई धम्की दिइरहेका थिए ।