वाग्मती प्रदेशमा पनि सरकार संचालन समन्वय समिति गठन

वाग्मती प्रदेशमा पनि सरकार संचालन समन्वय समिति गठन

हेटौंडा । वाग्मती प्रदेशमा सरकार संचालन समन्वय कार्य समिति गठन गरिएको छ। मंगलवार बसेको सत्तारुढ गठबन्धन दलको बैठकले समन्वय समिति गठन गरिएको हो। बैठकले कार्य समितिमा नेकपा माओवादी केन्द्रका युवराज दुलालको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका तर्फबाट बुद्धिमान माझी, नेपाली कांग्रेसका तर्फबाट प्रभात तामाङ र राधा घले र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल र मिना ज्ञवाली चयन भएका छन्।

गठबन्धनबिच न्युतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबिच सहमती सहकार्य र समझदारी कार्यक्रम कार्यान्वयन गर्ने, प्रभावकारी र भ्रष्टाचार शून्य बनाउने उदेश्यले समिति गठन गरिएको नेपाली कांग्रेस वाग्मती प्रदेशका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।

अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि हाल वाग्मतीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार छ। प्रदेशको निर्वाचन अघि कांग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने सहमति गठबन्धनमा भएको छ। यता, केन्द्रमा पनि सरकार संचालनका लागि सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ।