एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डले दिए यस्तो स्पष्टिकरण

एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डले दिए यस्तो स्पष्टिकरण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई लेखेको पत्रबारे स्थायी कमिटीको  बैठकमा स्पष्टिकरण दिएका छन्। बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताले एमसीसीलाई लेखेको पत्रको विषयमा प्रचण्डको आलोचना गरेका थिए।

प्रचण्डले एमसीसीलाई कुनै पत्र नलेखिएको र केही बुँदा स्पष्ट पार्न आग्रह गरिएको पत्रलाई प्रधानमन्त्रीले अपूर्ण रुपमा बोल्दा समस्या आएको बताएका थिए । 

बैठकले एमसीसी संशोधनबिना पास गर्न नसकिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्। बैठकले प्रदेश इन्चार्ज तोक्ने र पुस ११(१३ गते हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ।