संवैधानिक नियुक्ति भएकाले राजीनामा दिन्न : प्रधानन्यायाधीश

संवैधानिक नियुक्ति भएकाले राजीनामा दिन्न : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि हालतमा राजीनामा दिनुपर्ने भन्दै नेपाल बार एसोसियसनलगायत कानुन व्यवसायीहरु आन्दोलनरत छन् ।

आन्दोलनरत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पर्सी बिहीबारबाट दैनिक दुई घण्टा काठमाडौं उपत्यकाका अदालतहरुमा इजलास नबस्ने घोषणा गरिसकेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् ।

यता प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने मनसायमा पुगेका छन् । उनले संवैधानिक नियुक्ति भएकाले संवैधानिकबारे अन्य कुनै पनि तरिकाले पद नछाड्ने संकेत गरेका छन् ।

कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले राजीनामा नदिने बरु आफूलाई प्राप्त अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने बताएका हुन् ।

अभियानले सर्वोच्च अदालतमा सुनुवाइ नियमित गर्न, नेपाल बारले उठाएका जायज माग पूरा गर्न र न्यायपालिकामा देखिएका विकृति विसंगति अन्त्य पहल सुरु गर्न प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाउन पुगेका बेला प्रधानन्यायाधीशले यसतो बताएका थिए । 

अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधान न्यायाधीश जानकार रहेको बताउँदै संविधानबमोजिम आफ्नो नियुक्ति भएकाले संविधानबमोजिम नै बहिर्गमन हुन चाहेको बताएको जानकारी दिए ।