एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति विपरित छ : भीम रावल

एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति विपरित छ : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले आज हुने भनिएको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति विपरित रहेको बताएका छन्। रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत बैठक कथित भएकोसमेत आरोप लगाएका छन्।

रावलले यस बैठकका निर्णयहरु अवैध र अमान्य हुने उल्लेख गर्दै अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा लागू नहुनुको कारण अध्यक्ष केपी ओलीसँग सोधेका छन्।

'आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्,' रावलले भनेका छन्, 'अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?'