न्यायालयको विवादमा न्यायाधीशहरु विभाजित, आजदेखि नियमित पेशी तोक्ने प्रधानन्यायाधीशको तयारी

न्यायालयको विवादमा न्यायाधीशहरु विभाजित, आजदेखि नियमित पेशी तोक्ने प्रधानन्यायाधीशको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिने अडान लिएका छन् । आन्दोलनमा रहेका न्यायाधीशहरुले आफ्नो प्रस्ताव अस्वीकार गरेसँगै उनले वैधानिक बाटो रोज्ने रणनीति लिएका हुन् ।

जसअनुसार संसदले दिने निर्णय उनको अन्तिम विकल्प हो । जबराले हिजो आफूसहित ६ वटा पेशी तोकेका थिए । जसमध्ये न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार चुडाल, कुमार रेग्मीले आ–आफ्नो इजलाशमा बन्द्र प्रत्यक्षीकरणको मुद्धामा सुनुवाइ गगरेका थिए ।

चारवटा इजलास बसेसँगै न्यायाधीशहरु विभाजित भएका छन् । पेशी तोकिएका अन्य न्यायाधीश भने इजलास बहिस्कार गरेर आन्तरिक छलफलमा जुटेका थिए । प्रधानन्यायाधीश जबराको काम कारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीशले केही सातादेखि इजलासमा उपस्थित भएका छैनन् । बन्दी प्रत्यक्षीकरणका निवेदनसमेत प्रभावित भएपछि न्यायाधीशहरूले ती मुद्दाको सुनुवाइका लागि जबरासमक्ष बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पेशी तोक्न र प्रधानन्यायाधीश जबरा आफू इजलासमा बस्न नहुने सर्त राखेका थिए ।

यसैबीच न्यायाधीशहरुको आन्दोलनका कारण सर्वत्र दवावमा परेका प्रधानन्यायाधीश जबराले आजदेखि नियमित पेशी तोक्ने तयारी गर्नुभएको छ । उनले आम नागरिकको न्याय पाउने अधिकार कुण्ठित हुने भन्दै नियमित पेशी तोक्ने तयारी गरेको सर्वोच्च स्रोतले जनाएको छ ।