चीनले दियो नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप

चीनले दियो नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोना ‘कोभिड–१९’ विरुद्धको खोप दिएको छ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको उक्त खोप काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् । खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि दिइएको छ ।

नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत जनमुक्ति सेनाले गरेको यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको छ । 

यसअघि भारतीय सेना र अमेरिकन आर्मीले पनि नेपाली सेनालाई खोप तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।